Like us!
Follow us!

गिरावट आएको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

गिरावट आएको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८८ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ५४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । आज कम्पनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

त्यसैगरी सार्वधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : नयाँ सारथी नेपाल लघुवित्त, मैलुङ खोला जलविद्युत कम्पनी, युनिलिभर नेपाल लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, अजोड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, लक्ष्मी इक्विटी फण्ड र सानिमा इक्विटी फण्ड रहेका छन् । 

61ac924f45937.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।