Like us!
Follow us!

सेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकममा सुधार

सेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकममा सुधार

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।  नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकममा भने सामान्य सुधार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८८ विन्दुमा झरेको छ । नेप्से २.८० प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा झरेको छ ।  

कूल २२६ वटा कम्पनीको ८९ लाख २० हजार ८ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ७६ लाख  ५ हजार ३ सय २५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको सेयर घटेको छ । 

आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६२ लाख ८४ हजार २ सय ५५ रूपैयाँको कारोबार भएको छ । 

आइतबार न्यादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ५४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै आइसिएफसि फाइनान्स लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशतले घटेर ७ सय ४८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका :

 

61ac8765a2b1d.JPG 61ac876735fad.JPG 61ac87692e6d2.JPG 61ac876ba9093.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।