Like us!
Follow us!

रिलायन्स लाइफले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

रिलायन्स लाइफले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको मंसिर १७ गते (शुक्रबार) बसेको सञ्चालक समितको बैंठकको निर्णय अनुसार कम्पनीकाे चौँथो वार्षिक साधारण सभा पुस ११ गते (आइतबार) अनमोल बैंङक्वेट, शंखमुल, काठमाडौंबाट बिहान ११:०० बजेबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७६/७७ सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०७६/७७ को वासलता नाफानोक्सान हिसाब, नगद प्रवाह वितरण लगायतका वार्षिक वित्तीय विवरण लगायतका विवरणहरु स्वीकृत गर्ने, कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।  

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61ac6dfe97eec.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।