Like us!
Follow us!

सनराइज बैंकद्धारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

सनराइज बैंकद्धारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - सन्राइज बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

बैंको मंसिर १६ गते (बिहीबार) बसेको सञ्चालक समितको बैंठकको निर्णय अनुसार बैंको १४ औं वार्षिक साधारण सभा पुस १५ गते (बिहीबार) आम्रपालि बैंङक्वेट, बालुवाटार, काठमाडौंबाट बिहान ११स्३० बजेबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलता तथा सोही मितिमा समाप्त भएको आ.व २०७७/७८ को नाफा-नोक्सा हिसाब तथा नगद प्रवाह वितरण लगायतका बार्षिक वित्तीय विवरण छलफ गरी पारित गरिने, अध्यक्षज्यूको मन्तव्यसहितको आ.व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन छलफगरी पारित गर्ने लगायका प्रस्तावहरु रहेका छन् । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।