लगानी खबर, काठमाडाैँ - बीमा समितिले रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे लाभांश स्विकृत गरेकाे छ ।
रिलायन्स लाइफ इन्स्याेरेन्सकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बीमा समितिले मंसिर १६ गते, बिहीबार स्विकृत गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।