लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार)  छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ७ सय रुपैयाँले बढेर प्रतितोल ९२ हजार रुपैयाँ कायम भएको छ । 
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको थियो । 
त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार १ सय ९० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
                         
                                                     
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।