Like us!
Follow us!

पिपुल्स हाइड्रोपावरले ९६ कराेडकाे आईपीओ निष्कासन गर्ने

पिपुल्स हाइड्रोपावरले ९६ कराेडकाे आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले ९६ कराेड रूपैयाँ बराबरकाे ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेकाे छ ।

उक्त सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । 

यस हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।