Like us!
Follow us!

लुम्बिनी विकास बैंकद्धारा साधारण सभा आह्वान, लाभांश परित मुख्य एजेन्डा

लुम्बिनी विकास बैंकद्धारा साधारण सभा आह्वान, लाभांश परित मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

बैंको हिजो मंसिर १६ गते (बिहीबार) बसेको सञ्चालक समितको बैंठकको निर्णय अनुसार बैंको १४ औं वार्षिक साधारण सभा पुस ९ गते (शुक्रबार) केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंबाट अनलाईन माध्यम (जुम मिटिङ) मार्फत बिहान ११:१५ बजेबाट सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को सञ्चाक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलता, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी परित गर्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।