Like us!
Follow us!

नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

लगानी खबर, काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

यसअनुसार बैंकले १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले २४ मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार २३ मंसिरसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

बैंकको हकप्रद सेयरमा ग्लोबल आईएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बैंकको जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले २७ पुससम्म आवेदन दिन सक्नेछन् । हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।