Like us!
Follow us!

बैंक अफ काठमाण्डूको ग्राहकलाई इलेक्ट्रोनिक सामान बिना ब्याज किस्ताबन्दीमा

बैंक अफ काठमाण्डूको ग्राहकलाई इलेक्ट्रोनिक सामान बिना ब्याज  किस्ताबन्दीमा

लगानी खबर, काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरूले आफुलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरू सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरूले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent तथा Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरू जस्तै टिभि, मोबाइल, Music System, लुगा धुने मेसीन, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहकहरूलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd. बिच भएको व्यापारीक सम्झौता अन्तर्गत बैंकको ग्राहकहरूलाई यस सरल किस्ताबन्दीको योजनाहरू विभिन्न स्थानको सोरूमहरूबाट उपलब्ध हुनेछन् ।

CG सोरूमहरू 
कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर

LG सोरूमहरू 
मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।