लगानी खबर, काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज १५ गते देखि कत्तिक २९ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ ।
बैंकले १ सय रुपैयाँ अंकित दरले २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । रितपूर्वक आवेदन दिने ६ हजार १ सय ८० जना सेयरधनीहरुलाई हिजो मंसिर १६ गते (बिहीबार) २४ लाख ६ हजार १ सय ६ दशमलव ४७३८ हकप्रद बाँडफाड गरेको हो । अब नबिकेको बाँकी रहेको हकप्रद सेयर बैंकले लिलाम बढाबढ गरी बिक्री गर्नेछ ।
बैंकको हकप्रद सेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रवन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।