लगानी खबर, काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (बिहीबार) छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय हजार रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १ हजार १ सय ५० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।