Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

लगानी खबर, काठमाडौं - नेपाल क्रेडिट एण्ड कसर्म (एनसीसी) बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ९१ हजार ७ सय ७६ कित्ता संस्थापकसेयर बिक्री गर्न निवेदन पेश गरेका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै संस्थापक समूहको सेयर बिक्री गर्दा पहिलो प्रथामिकता संस्थापक समूहको सेयर धनीहरुलाई नै दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न चाहाने ईच्छुक संस्थापक समूहका सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको सेयर विभाग बागबजार काठमाडौंमा आइपुग्नेगरी निवेदन पेस गर्न आग्रह गरेको छ । 

उक्त मिति भित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य प्रकृया अगाडि बढाउने समेत बैंकले जनाएको छ । 

सूचना हेर्नुहोस् :
61a869b59fb37.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।