Like us!
Follow us!

सपोर्ट लघुवित्तले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

सपोर्ट लघुवित्तले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडाैँ - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे हिजाे (मंसिर १५ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा पाैष १० गते हुनेछ ।

सभामा संस्थाकाे कार्तिक ५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् : 

61a85be418fe2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।