लगानी खबर, काठमाडौं - लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ । ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिको प्रयोगमा प्रोत्साहन गर्नका लागि बैंकले Digital December नाम गरेको योजना ल्याएको हो ।
यस योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली QR व्यवसायीहरुले रु.५,००० नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली QR भुक्तानी गर्ने ग्राहकले रु.५०० सम्मको ५०५ क्यासब्याक जित्न सक्ने बैंकले जनाएको छ । साथै यस योजनाको अवधि भरी, मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत रु.१००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्य ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा रु.५०० क्यासब्याक पाउन सक्नेछन् ।
त्यस्तै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निस्शुल्क पाउन सक्ने बैंकले जनाएको छ । लक्ष्मी बैंकडिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ । यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै साता देखी सार्वजनिक गर्दै जाने पनि बैंकले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।