लागनी खबर, काठमाडौं - लगातार घटिरहेको सेयर बजार आज (बुधबार) बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको छ ।
वुृद्धि भएको बजारमा आज सबैभन्दा धेरै साम्लीङ पावर कम्पनी लिमिटेड सेयर मूल्य बढेको छ । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ४ सय ६१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सार्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : न्यादी हाइड्रोपावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स, शिव श्री हाइड्रोपावर र जानकी फाइनान्स रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।