Like us!
Follow us!

सेयर बजारकाे ओरालाे यात्रामा ब्रेक !

सेयर बजारकाे ओरालाे यात्रामा ब्रेक !

लागनी खबर, काठमाडौं - सेयर बजारकाे ओरालाे यात्रामा ब्रेक लागेकाे छ । गत बिहीबारदेखि लगातार घटिरहेको सेयर बजार आज (बुधबार) भने बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको छ । नेप्से ०.२० प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.८९ अंकले बढेर ४९६.७८४ विन्दुमा उक्लिएको छ ।  

कूल २२३ वटा कम्पनीको ५३ लाख १० हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ उपसमूहको सेयर बढेको छ भने बाँकी ४ उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै अन्य समूहको सेयर बढेको छ । 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । आज टेलिकमको १४ करोड ९३ लाख ९३ हजार ९९ रूपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार साम्लीङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ भने आइसिएफसि फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

हेरौं आजको तालिका :

61a7403d541da.JPG 61a7403f2a5d9.JPG 61a740416cb95.JPG 61a7404440491.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।