Like us!
Follow us!

अविताको ल्यापटप अब नेपाली बजारमा

अविताको ल्यापटप अब नेपाली बजारमा

लगानी खबर, काठमाडौं - अविताले नेपाली बजारमा नयाँ सिरिजाका ल्यापटप ल्याएको छ । अब नेपालमा पनि अविताले आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको हो । 

अविताले बजारमा एक अतुलनीय तर निर्बाध कम्प्युटिङको अनुभव दिनेमा विश्वस्त छ । यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरूसँगै नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।    

अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृङ्खलाहरु ल्याएको छ । यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपुर्व विशेषताले भरिपुर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ । यो ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्नेछ । सबै अविताका उत्पादनहरू २ वर्षको अन–साइट वारेन्टीसहित आउँदछन भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी आउँदछ ।

नेक्ष्टजिओ कम्पनी लिमिटेडका सीईओ र सह–संस्थापक श्री एलेक्स चुङले आफ्नो विचार साझा गर्दै र भने “हामी अन्तहः हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौँ, हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो र यससँगै हामीले हाम्रा उपभोक्ताहरूको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना पनि बनाएका छौं ।”

उद्घाटन समारोहमा बोल्दै अविताका क्षेत्रिय व्यापार निर्देशक सीमा भटनागरले भनिन् “अविताका नयाँ ल्यापटप शृङ्खलालार्ई नेपालका प्राविधिक प्रयोगकर्ता माझ ल्याउन पाउँदा अत्यन्त उत्साहित छौँ ।” 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।