Like us!
Follow us!

लक्ष्मी बैंकद्धारा साधारण सभा आह्वान, लाभांश परित मुख्य एजेन्डा

लक्ष्मी बैंकद्धारा साधारण सभा आह्वान, लाभांश परित मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

बैंकको मंसिर १४ गते मंगलबार बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकको २१ औं साधारण सभा पुस ८ गते (बिहीबार) अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुने छ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहास् :

61a7028c7e528.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।