Like us!
Follow us!

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (मंगलबार)  छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रुपैयाँले घटेर  प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजबी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ । हिजो १ हजार २ सय ५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

61a7082f58240.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।