लगानी खबर, काठमाडौं - सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले २०७८ साल कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रुपैयाँ ६८ पैसा पुगेको छ । उक्त मूल्य असोज मसान्तको तुलनामा ३७ पैसाले बढेको हो । असोज मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ३१ पैसा रहेको थियो ।
त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ३ करोड ४५ लाख रुपैयाँले घटेर १ अर्ब ६७ करोड ९ लाख ३४ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ७० करोड ५४ लाख ५४ हजार रूपैयाँ लगानी गरेको थियो ।
त्यस्तै, फण्डले विभिन्न प्रकारका ७९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
फण्डले सार्वजनिक गरेको कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।