Like us!
Follow us!

सिटिजन्स म्युचुअल फण्ड २ काे न्याभ बढ्याे, सेयर लगानी घट्याे

सिटिजन्स म्युचुअल फण्ड २ काे न्याभ बढ्याे, सेयर लगानी घट्याे

लगानी खबर, काठमाडौं - सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले २०७८ साल कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १२ रुपैयाँ २८ पैसा पुगेको छ । उक्त मूल्य असोज मसान्तको तुलनामा १३ पैसाले बढेको हो । असोज मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १२ रुपैयाँ १५ पैसा रहेको थियो ।

त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ३ करोड ३ लाख रुपैयाँले घटेर ४८ करोड ४९ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५१ करोड ५३ लाख ९ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड २ ले विभिन्न प्रकारका ७४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेको कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण हेर्नुहोस् :

61a5de6138b9d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।