Like us!
Follow us!

मुक्तिनाथ विकास बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - मुक्तिनाथ विकास बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर १४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मंसिर १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजेदेखि सुरू हुँदैछ । 

सभामा बैंकको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।