लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा झरेको छ ।
गिरावट आएको बजारमा आज न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । आज हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ३ सय १० रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : साम्लीङ पावर कम्पनी, सानिमा लार्ज कप फण्ड, कालिका पावर कम्पनी, स्वाभिमान लघुवित्त, सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, सिटिजन म्युचुअल फण्ड १, गुडविल फाइनान्स र प्रभु सेलेक्ट फण्ड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।