Like us!
Follow us!

महालक्ष्मी विकास बैंकसहित यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

महालक्ष्मी विकास बैंकसहित यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा झरेको छ ।

गिरावट आएको बजारमा आज महालक्ष्मी विकास बैंक लिमिटेडको सार्वधिक कारोबार भएको छ । आज बैंकको ६१ करोड ४ लाख ७५ हजार ३ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्नै अन्य कम्पनीहरुमा क्रमश नेशनल हाइड्रोपावर, आइसिएफसि फाइनान्स, नेपाल टेलिकम, नबिल बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । 

61a4a5daacc29.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।