Like us!
Follow us!

सोमबार यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

सोमबार यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा झरेको छ ।

दाहोरो अंकले घटेको बजारमा आज आइसिएफसि फाइनान्स लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर ८ सय ३८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । सोमबार फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : चन्द्रगिरि हिल्स, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त, उन्नति सहकार्य लघुवित्त, गणपति माइक्रोफाइनान्स, साधना लघुवित्त, साहास उर्जा, सिद्धार्थ इन्स्योरेन्स र सिभिल बैंक रहेका छन् । 

61a4a1b62f65e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।