Like us!
Follow us!

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

लागनी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दास्रो दिन आज (सोमबार) पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन (आइतबार) पनि सेयर बजार भारी अंकले घटेको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा झरेको छ । नेप्से ०.८१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ५.९२ अंकले घटेर ४९५.५३ विन्दुमा झरेको छ ।  

कूल २२८ वटा कम्पनीको ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १ सय ३३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको सेयर घटेको छ भने बाँकी २ उपसमूहको सेयर बढेको छ । सोमबार होटल र पर्यटन समूहको सेयर सबैभन्दा धेरै घटेको छ भने म्युचुअल फण्ड र हाइड्रोपावरको सेयर बढेको छ । 

आज पनि महालक्ष्मी विकास बैंक लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । आज बैंकको ६१ करोड ४ लाख ७५ हजार ३ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । हिजो आइतबार पनि महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको थियो । 

सोमबार न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ भने आइसिएफसि फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । 

हेरौं आजको तालिका :

61a49d4964818.JPG 61a49d4b6fbf7.JPG 61a49d4da6897.JPG 61a49d502454c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।