Like us!
Follow us!

नेको इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको हितग्राही खातामा

नेको इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको हितग्राही खातामा

लगानी खबर, काठमाडौं - नेको इन्स्योरेन्स लिमिटेडले १५.५ प्रतिशत बोनस सेयर हिग्राही खातामा पठाएको छ । 

इन्स्योरेन्सले असार १७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धीत हिग्राही खातामा पठाएको हो । उक्त मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा पनि उक्त सेयर जम्मा हुने भएकाले हालसम्म पनि सेयर आभौतिकीकरण नगरेको सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । 

कम्पनीको असार ३१ गते भएको २५ औं वार्षिक साधारण सभाबाट पारित भएको १५.५ प्रतिशत बोनस सेयर नेपाल एस्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको समेत कम्पनीले जानकारी गराएको छ । 


सूचना हेर्नुहोस् :

61a314de8b3c1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।