Like us!
Follow us!

नेपाल बङ्गलादेश बैंकले पठायो लाभांश, तपाईको खातामा आयो ?

नेपाल बङ्गलादेश बैंकले पठायो लाभांश, तपाईको खातामा आयो ?

लगानी खबर, काठमाडौं नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

बैंकको मंसिर २ गते सम्पन्न २७औं साधारण सभाले पारित गरेको ३.५० प्रतिशत नगद लाभांश बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ । 

त्यसैगरी, हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा भएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकहाँ सम्पर्क गरेर डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न बैंकले अनुरोध गरेको छ । 

बैंकको सेयर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ । 

सूचना हेर्नुहोस् :
61a31f4a3d519.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।