Like us!
Follow us!

प्राइम कमर्सियल बैंकद्धारा साधारण सभा आह्वान, के-के छन् एजेन्डा ?

प्राइम कमर्सियल बैंकद्धारा साधारण सभा आह्वान, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर १० गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार बैंकको साधारण सभा पुस ६ गते (मंगलबार) प्राइम कमर्सियल बैंक लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाण्डौंमा बिहान ११:०० बजेबाट सुरु हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।