Like us!
Follow us!

समता घरेलु लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

समता घरेलु लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - समता घरेलु लघुवित्तले वार्षिक साधारण सभा डाकेको छ । मंसिर ९ गते (बिहीबार) बसेको सञ्चालक समितिको निर्णय अनुसार संस्थाको आठाैँ वार्षिक साधारण सभा पुस ७ गते (बुधबार) मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । 

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित कूल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह लगायतको विषयमा छलफल हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले २४ मंसिरदेखि  पुस ७ सम्म बुक क्लोज गर्नेछ । त्यसैले पुस ६ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस् :

61a3134dc6523.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।