Like us!
Follow us!

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । 

स्टकका अनुसार बैंक अफ काठमाडौं, प्राइम लाइफ इन्स्योरेन्स र स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको हो । 

बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय १० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३ सय ४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ५६ रुपैयाँ ५२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८ सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ८६ रुपैयाँ ४५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५ सय ३५  रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।