Like us!
Follow us!

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि घट्यो

लागनी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ परिसूचक बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा झरेको छ । नेप्से ०.१२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.४५ अंकले बढेर ५१५.६४ विन्दुमा उक्लिएको छ ।  

कूल २३३ वटा कम्पनीको ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर बढेको छ भने बाँकी १० उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै व्यापार समूहको सेयर घटेको छ । 

आज पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड ५७ लाख १३ हजार ७ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेडकै सर्वाधिक कारेबार भएको थियो । 

बिहीबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

हेर्नुहोस् आजको तालिका :

619f57fca09e5.JPG 619f57feabbc4.JPG 619f5800640cf.JPG 619f58025d62d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।