Like us!
Follow us!

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित हुने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा साधारण सभा आह्वान, यी प्रस्ताव पारित हुने

लगानी खबर, काठमाडौं - शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । मंसिर ७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकको साधारण सभा मंसिर २९ गते (बुधबार) महाराजा रिसोर्ट प्रा.लि, बुटवल उप-महानगरपालिका ११ रुपन्देहीमा बिहान ११:०० बजे बाट सुरु हनेछ । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूंजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव परित गरिने छ । 

त्यस्तै, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १६ गते सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र लभाशं पाउने तथा साधारण सभामा उपस्थित हुन पाउने छन् । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

619dfa91906e3. 619dfa9847917.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।