Like us!
Follow us!

लगानीकाे अवसर : गरिमा विकास बैंककाे ऋणपत्र मंसिर १६ गतेदेखि बजारमा आउँदै

लगानीकाे अवसर : गरिमा विकास बैंककाे ऋणपत्र मंसिर १६ गतेदेखि बजारमा आउँदै

लगानी खबर, काठमाडाैँ - गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन गर्ने भएकाे छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बैंकले ७ वर्ष अवधिकाे "८.७५% गरिमा डिबेञ्चर, २०८५" काे नाममा ऋणपत्र निष्कासन गर्ने भएकाे हाे ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा मंसिर २० गते र ढिलोमा पाैष १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले एनआइबिएल एस क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।