Like us!
Follow us!

भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँ : ओली

भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँ : ओली

लगानी खबर, काठमाडौँ  - एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन् ।

पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए । 

‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ । 
एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।