लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा झरेको छ ।
गिरावट आएको बजारमा आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ९ सय ९० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको छ ।
त्यसैगरी, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : नेपाल दुरसञ्चार कम्पनी, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायीक लघुवित्त वित्तीय सस्था, सनराइज ब्लूचिफ फण्ड, समीट लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड ३, फर्वाड कम्युनिटी माइक्रोफाइनान्स, ग्लोबल आइएमई समुन्नत स्किम १ र साना किसान विकास बैंक रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।