Like us!
Follow us!

मंगलबार यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

मंगलबार यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ  - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज नेपाल दुरसञ्चार कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ६३ रूपैयाँ बराबरको कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, अपि पवार कम्पनी, अरुण काबेली पावर, हिमाल दोलखा हाइड्रोपावर, नबिल बैंक, आइसिएफसि फाइनान्स, ज्योती विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन् । 

619cbc675352f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।