Like us!
Follow us!

बम्पर लाभांश पारित गर्न सबैकाे लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

बम्पर लाभांश पारित गर्न सबैकाे लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

लगानी खबर, काठमाडाैँ - सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे आज (मंसिर ७ गते, मंगलबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे पाँचाै वार्षिक साधारण सभा पाैष ३ गते, शनिबार हुनेछ ।

सभामा संस्थाकाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १७ गतेदेखि पाैष २ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहाेस् : 

619c853256123.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।