Like us!
Follow us!

राष्ट्र बैंकले स्वीकृत गर्याे गणपति लघुवित्तको २०% लाभांश

राष्ट्र बैंकले स्वीकृत गर्याे गणपति लघुवित्तको २०% लाभांश

लगानी खबर, काठमाडाैँ - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ । 

संस्थाकाे कार्तिक १० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।

अब उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

619c888fcbcfe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।