लगानी खबर, काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (सोमबार) छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रुपैयाँले घटेर  प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।  
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार १ हजार २ सय ७० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 
                         
                                                     
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।