Like us!
Follow us!

मेगा बैंकले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

मेगा बैंकले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको मंसिर ६ गते, (सोमबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २८ गते,  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमांडौमा पोखरामा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।