Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स

संस्थापक सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स

लगानी खबर, काठमाडौं लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । उक्त समयावधिभित्र खरिद गर्न कसैको निवेदन पेश हुन नआएमा बीमा समितिको निर्देशन तथा प्रचलित कानून बमोजिम संस्थापक बाहेकका अन्य व्यक्तिरसंगठित संस्थाहरुलाई बिक्री गर्ने पनि कम्पनीले जनाएको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय ५० रूपैयाँ तोकिएको छ । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।