Like us!
Follow us!

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १२.६११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ८ रूपैयाँ ४९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।