Like us!
Follow us!

आज यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

आज यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज कम्पनीको सेयर मूल्य ४.२१ प्रतिशतले घटेर ६ सय १६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : आइसिएफसि फाइनान्स, प्रिमियर इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, साधना लघुवित्त, नेपाल दुरञ्चार कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र समता घरेलु लघुवित्त रहेका छन् । 

619a19f830ee0.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।