Like us!
Follow us!

यी हुन् आइतबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् आइतबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ ।

घटेको बजारमा आज महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज बैंकको ५० करोड ९९ लाख ९२ हजार ३ सय ३२ रूपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेशनल हाइड्रोपावर, नेपाल दुरसञ्चार कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, अरुण काबेली पावर, नबिल बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । 

619a166f40199.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।