लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । गएको (बिहीबार) पनि सेयर बजार मापक नेप्से परिसूचक ३२.४९ अंकले घटेको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ । नेप्से ०.४२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.७५ अंकले घटेर ५१८.२५ विन्दुमा झरेको छ ।
कूल २२५ वटा कम्पनीको ७८ लाख ९४ हजार ४ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर बढेको छ भने बाँकी ११ उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै व्यापार समूहको सेयर घटेको छ ।
आज महालक्ष्मी विकास बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । आज बैंकको ५० करोड ९९ लाख ९२ हजार ३ सय ३२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
हेरौं आजको तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।