लगानी खबर, काठमाडौं - एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
बैंकले १५ वर्ष अवधिकाे "४% एनएमबि उर्जा बण्ड" नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न मंसिर ३ गते, शुक्रबार सेबाेनबाट अनुमति पाएकाे हाे । जसमध्ये, बैंकले २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा र १४ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ ।
त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।