लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर ९ सय ५२ रूपैयाँ ६० पैसा पुगेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ६ सय ४४ रूपैयाँ ८० पैसा पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ७.६७ अंकले घटेर २७६१.४६ विन्दुमा पुगेको छ । यस्तै १ अर्ब ७१ करोड ४ लाख ६८ हजार ३ सय ९२ रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।