Like us!
Follow us!

उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन

उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन

लगानी खबर, काठमाडौं - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । 

संस्थाको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक समक्ष पेश गर्दा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएको हुनाले बैंकले लाभांश संशोधन गरेको हो । अब बैंकले ३० प्रतिशत बोनस वितरण गर्नेछ । 

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि गत वर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार थालेका हुन् । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन । 

उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

हेर्नुहोस् कम्पनीले प्रकाशन गरेको सूचना :

6199cee55ac44.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।